सरकारले ल्यायाे राजनीतिक दलसम्बन्धी अध्यादेश, २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित





काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याएकाे छ ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश ल्याएकाे हाे ।

अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने बताइएकाे छ । अध्यादेश ल्याउने निणर्य गरेलगत्तै प्रधानमन्त्री शेरवहादुर देउवा राष्ट्रपितलाइ भेट्न शीतलिनवास पुगेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।