पोखरा लेडी जेसिजले जेसिज सप्ताह मनाउने


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित




पोखरा लेडी जेसिजले जेसिज सप्ताह मनाउने भएको छ । पोखरा लेडी जेसिजले जेसिज सप्ताह २०२१ अन्तर्गत भदौ ४ गतेदेखि १० गतेसम्म जेसिज सप्ताह मनाउने भएको हो । जेसिज सप्ताह शुरु हुने अघिल्लो दिन पोखरा लेडी जेसिजले पत्रकार सम्मेलन गरेर सप्ताहबारे जानकारी दिने जनाएको छ ।

जेसिजले तालिम, वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता, खाद्यान्न वितरण, फलफुल तथा खाना वितरणलगायतका कार्यक्रम गरेर जेसिज सप्ताह मनाउने पोखरा लेडी जेसिजकी अध्यक्ष विनिता सापकोटाले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।