पहिले खोप, अनिमात्र कक्षा १२ को परीक्षा तालिका !

- ३ लाख ७४ हजार जना विद्यार्थीमध्ये अधिंकाशलाई खोप दिने तयारी छ। १८ बर्ष उमेर नपुगेका ८ सय ४५ जना विद्यार्थीलाई भने खोप लगाइने छैन


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर/रासस

कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा संचालन गरिने भए को छ।

राष्ट्रिय परीक्षा बोर्डले खोप लगाएपछि मात्र परीक्षा सञ्चालन गर्ने गरी आन्तरिक तयारी गरेको छ ।

३ लाख ७४ हजार जना विद्यार्थी मध्ये अधिंकाशलाई खोप दिने तयारी छ। १८ बर्ष उमेर नपुगेका ८ सय ४५ जना विद्यार्थीलाई भने खोप लगाइने छैन।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको र मन्त्रालय तथा सचिवद्धारा सकारात्मक जवाफ प्राप्त भएको जानकारी गराइएको बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आगामी साता जापानबाट आउने खोप उपलब्ध गराउने संभावना छ।
द

शभर खोप अभियान संचालन गरिने भएकाले ३/४ दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ।

सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको १/२ दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ। विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा संचालन गरिने जनाइएको छ।

विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप लगाउने प्रबन्ध मिलाइने छ। कक्षा १२ का सबै विद्यार्थीको प्रवेशपत्र विद्यालयमा उपलब्ध गराइसकेकाले यसमा थप कुनै समस्या नहुने बोर्डको भनाई छ।

यसअघि, साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। खोप लगाइसकेपछिको अवस्थामा भौतिक दूरी कायम गरी परीक्षा संचालन गर्न धेरै सहज हुने बोर्डको बुझाई छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।