अष्टलक्ष्मी शाक्य पहिलो महिला मुख्यमन्त्री !


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित





काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने भएको छ ।

बुधबार हेटौँडामा बसेको एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको सांसद मुनु सिग्देलले जानकारी दिइन् ।

शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि मुख्यमन्त्री बनाउन लागिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारै राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएमा उनी मुख्यमन्त्री हुने पहिलो महिला हुनेछिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।