गण्डकीमा ४५६ मा कोरोना संक्रमण हुँदा ५७३ कोरोनामुक्त


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित





पोखरा । गण्डकी प्रदेशमा बुधबार थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


विभिन्न जिल्लाका एक हजार ३३४ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको

आज थपिनेमध्य सबैभन्दा बढी कास्कीका १४४ जना, बाग्लुङका ११८ नवलपुर वर्दघाट सुस्ता पूर्वका ५२, स्याङ्जाका ४०, गोरखाका ३६, तनहुँका २६, म्याग्दीका २३, पर्वतका १६ र लमजुङका एक जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


यो सहित हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ७ हजार ३४३ जना पुगेको छ ।

यस्तै सोही अवधीमा ५७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित प्रदेशभर ७ लाख २३३ कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म एक हजार २१६ मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ, कास्की र स्याङ्जाका २–२ जना, पर्वत, लमजुङ, नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक–एक जनाको मृत्यु भएको छ ।

अव प्रदेशभर ५ हजार ८९४ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । ति मध्य ५ हजार ६११ होम आइसोलेसनमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।