वल्र्ड यु–२० जुनियर एथलेटिक्स च्याम्पियनसीपमा अजितको फितलो प्रदर्शन


     एभरेस्ट आवाज    
     भाद्र ३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

वल्र्ड यु–२० जुनियर एथलेटिक्स च्याम्पियनसीपमा नेपालका अजितकुमार यादवले व्यक्तिगत प्रदर्शन सुधार गर्न असफल भएका छन्।

पुरुषको ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका अजितले फितलो प्रदर्शन गरेका हुन्।

केन्याको नैरोबीमा बुधबार अजितले निर्धारित दुरी ९ मिनेट १५.२७ सकेन्डमा पूरा गरे। १६ खेलाडी सहभागी प्रतिस्पर्धामा अजित १४ औं स्थानमा रहे।

यसअघि, हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसीपमा उनले ३ हजार मिटरमा स्वर्ण जितेका थिए। त्यस समय उनले निर्धारित दुरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए।

एसियन जुनियर एथलेटिक्स च्याम्पियनसीपमा स्वर्ण जितेको आधारमा उनले विश्व च्याम्पियनसीप खेलेका हुन्। यस स्पर्धामा इथियोपियाका टाडेसे वर्कुले ७ मिनेट ४२.०९ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते।

यस्तै, ७ मिनेट ४४.५५ सकेन्डको समयसहित इथियोपियाकै अली अब्दिलमानाले रजत र इरिट्रिया हबटम सामुएलले ७ मिनेट ५७.६९ सेकेन्डको समयसहित काँस्य पदक जितेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।