पोखरा । पोखरा महानगर पालिका वडा न–१५ नयाँ गाउँ निवासी पोखराका वरिष्ठ शिक्षासेवी महेश गुरुङल पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई नगद सहयोग गरेका छन् ।
गुरुङले विद्यालयलाई अक्षयकोष स्वरुप नगद रु २५ हजार सहयोग गरेका हुन् । पोखरा –१५ को एक मात्र सामुदायिक विद्यालयमा गरिब , विपन्न र जेहन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति एवम् शैक्षिक सामग्री सहयोग प्रदान गर्ने उद्देश्यले विद्यालयले अक्षयकोष स्थापना गरेको थियो ।
सहयोगदाता गुरुङले आफू पनि विगतमा शिक्षक भएको र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिकस्तर उकास्ने काममा हातेमाले गर्न पाउँदा खुसी लागेको बताए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले अक्षयकोषमा रकम सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
रकम ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले अक्षयकोषको व्याजबाट आएको रकम विद्यालयमा अध्ययनरत अति विपन्न र जेहेन्दार विद्यार्थीको शैक्षिक वृत्ति र विकासका लागि खर्च गरिने बताए । कोइरालाले सहयोग गररेकोमा गुरुङ र उनको परिवारप्रति विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







