रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुँका श्रेष्ठलाई


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा फोटोग्राफर संघद्वारा सञ्चालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई प्रदान गरिने भएको छ ।

१८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमकाविच उक्त पुरस्कार घोषणा गरेको हो ।

गण्डकी प्रदेश भरी वाट आएका सिफारिश का आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिती संयोजक राममणि पौडेल ले बताए ।

पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि÷तिर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिँदै आएको छ ।

फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटोगौफर विश्वरत्न शाक्य, नारायण बाटाजु , रमा राना र मदन सुब्वा सम्मान भइसकेका छन् ।

पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीका अनुसार सो पुरस्कार संघको आगामी साधारण सभामा प्रदान गरिने छ ।
श्रेष्ठ बिगत ५० वर्ष देखि फोटोग्राफी पेशामा छन् । उनले दमौलीमा सम्झना फोटो संचालन गरिरहेका छन । यति लामो इतिहास बोकेका फोटोग्राफर लाई पुरस्कृत मा छनौट गर्न पाउँदा फोटोग्राफरहरुको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गा प्रसाद पौडेलले बताए ।

संस्थाका सचिव बिशु बरालले सञ्चालन गरेको कार्यक्रममा नारायणहरी अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने महिला समिति संयोजक शान्ती सुवेदी , आजिवन सदस्य भक्त तामाङ्ग पुर्व अध्यक्ष तुलसीराम सुवेदी , पुर्व अध्यक्ष राम्जी थापा निर्वतमान अध्यक्ष रविनाथ दाहाल संरक्षक गणेश छवि ले आ आफ्नो भनाई राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।