पोखरा विश्वविद्यालयको व्यवस्थापन संकाय (स्कुल अफ बिजनेश)को डिनमा डा. दयाराज ढकाल नियुक्त भएका छन । शुक्रबार पदभार ग्रहण गर्दै ढकालले पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायलाई नेपालकै उत्कृष्ट बनाई आवश्यक परेको खण्डमा अन्य ठाउँमा पनि आंगिक कलेज खोल्ने एवं एम फील र पिएचडी कार्यक्रम शुरु गर्ने वताएका छन ।
चितवनमा जन्मिई पोखरामा स्थायी वसोबास गर्दै आएका उनी विगत २० वर्षदेखी विश्वविद्यालयमा अध्यापनरत रही यूरोपका विभिन्न कलेजहरुमा गेस्ट लेक्चरर्सको रुपमा आवद्ध रहेका छन । त्यसै गरी विश्वविद्यालयका विभिन्न संकायमा निर्देशकहरु पनि नियुक्त भएका छन । विश्वविद्यालयको स्कुल अफ हेल्थ एण्ड एलाईड साईन्सको निर्देशकमा विमला भटृ, स्कुल अफ विजनेश को निर्देशकमा डा. सिर्जन ज्ञवाली, स्कुल अफ ईञ्जिनियरिङ्गको निर्देशकमा ओम गिरी, अस्पताल निर्देशकमा डा. दिपेन्द्र कुमार यादव, अनुसन्धान निर्देशकमा डा. नवराज धामी, विद्यार्थी कल्याणकारी कोष निर्देशकमा माधव प्रसाद पौडेल, पाठ्यक्रम विकास निर्देशकमा डा. पुर्ण खाँण र सह–परिक्षा नियन्त्रकमा दिपमाला श्रेष्ठ गुरुङ्ग लगायत रहेका छन । यससँगै विश्वविद्यालयमा रिक्त रहेका पदहरु पुर्ति भएको छ ।
उपकुलपति प्राध्यापक डा. प्रेम नारायण अर्यालले अव विश्वविद्यालयले उच्च गतिमा काम गर्ने र बाँकी रहेका परिक्षासँग सम्बन्धित कामहरु यथासक्य सक्ने वताएका छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







