भैरवटोल–मोहरिया टोल विकास संस्थाको अध्यक्षमा सविन उदास


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २ स्थित भैरवटोल–मोहरिया टोल विकास संस्थाको अधिवेशनले सविन उदासको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा शक्ति प्रधानाङ्ग, सचिवमा सृजन भान्साकार्य, सहसचिवमा सन्तोष बिजुक्छे र कोषाध्यक्षमा प्रज्वल वैद्यलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा विकल बड्गामी, जयप्रकाश प्रधानाङ्ग, आदिश कोइराला, विशाल बिजुक्छे, असिम बाटाजु र निकेश बिुक्छेलाई चयन गरेको समितिका नवनिर्वाचित सचिव सृजन भान्साकार्यले जानकारी दिए ।

समितिको निवर्तमान अध्यक्ष अष्टमान प्रधानाङ्ग थिए ।

समितिले टोलको हितको लागि सामाजिक, सांस्कृतिक, विकास निर्माणलगायतका का मगर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।