नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केहि दिनदेखि रुघा, खोकी र ज्वरो आएपछि कोरोना भएनभएको थाहा पाउन गरिएको पिसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालले आज सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै जानकारी दिएकी छन् ।
गंगाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । गंगाले अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्थाबारे देश÷विदेशबाट चासो व्यक्त भएको भन्दै चासो व्यक्त गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







