प्रतीकात्मक तस्बिर ।
माछा मार्न गएका एक जनाको खोलाले बगाएर मृत्यू भएको छ । माछा मार्न नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्बर १५ स्थित उल्टीखोलामा गएका स्थानिय ५५ वर्षिय चिनबहादुर चौधरीको खोलाले बगाएर मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता उनलाई घटना स्थल भन्दा करीब दुई सय मिटर तल खोलामा तैरिएको अवस्थामा भेट्टाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







