वाईसिएल माछापुच्छ्रे गा.पा.अध्यक्षमा जीवन अधिकारी


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७८ मा प्रकाशित




योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा जीवन अधिकारी चयन भएका छन् । वाईसिएल माछापुच्छ्रे गाउँपालिकाको शनिबार भएको अधिवेशनले अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय वाईसिएल गाउँपालिका कमिटी चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दयाराम ढुंगाना, सचिवमा मनोज अधिकारी र सहसचिवमा रुपेश सुनार चयन भएको वाईसिएल कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए ।

कार्यक्रम नेकपा माओवादी कास्कीका सचिव बखानसिंह तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।