समकालीन साहित्य प्रतिष्ठान, बेलायत
आज गाइजात्रा पर्व। हरेक वर्षको भाद्र प्रतिपदाको दिन मनाइने ‘गाइजात्रा’ पर्वलाई व्यंग्यात्मक प्रहसन अनि प्रदर्शनका रुपमा पनि मनाइन्छ। सामाजिक विकृति एवं विसंगतिप्रति व्यंग्यात्मक प्रहसन गरिन्छ। पछिल्लो समय, गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य सिर्जना र रचनाहरुलाई प्रकाशन र प्रहसन गर्ने प्रचलन छ। हरेक वर्ष गाइजात्रा आउने गर्छ। अर्थात, हरेक वर्षको ऋषितर्पणी एवं जनैपूर्णिमाको भोलीपल्ट गाइजात्रा उत्सव पर्दछ। यस वर्ष पनि हिँजो (आइतबार) जनैपूर्णिमा थियो। त्यसको भोलीपल्ट आज (सोमबार) गाइजात्रा पर्व परेको छ। जनपूर्णिमा र गाइजात्रालाई एकपछि अर्को पर्वको रुपमा लिइन्छ। जनैपूर्णिमामा रक्षाबन्धन अनि काँधमा लगाउने डोरो (धागो) को महत्व हुन्छ। त्यस्तै, गाइजात्रामा हाँस्यव्यगको महत्व हुन्छ। दलाल पुँजीपति व्यवस्थाले चरम जरा गाडेको मुलुक नेपालमा प्रचुर उत्पादन छैन। यहाँ बन्ने गरेको मौलिक जनै र गुन्द्रुकसमेत यहाँ बन्न छाडेको छ। जनै र गुन्द्रुकसमेत विदेश (भारत र चीन) लगायतका देशबाट आयात गर्नुपर्ने अवस्था छ। किनभने, दलाल पुँजीपतिहरुलाई उत्पादनमा केही मिल्दैन, तर आयातित सामाग्रीमा कमिशन भन्ने जिनिस मिल्छ। त्यसैले यहाँ देशका जान्नेसुन्ने र सुकिला मुकिलाहरु यहाँ समाजवाद ल्याउन चाहँदैनन् उही दलाल पुँजीपति व्यवस्था नै लाद्न चाहन्छन्। जहाँ, विदेशबाट उत्पादित सामाग्री आयात गर्न पाइन्छ, अनि त्यहीँ दलाल, विचौलिया र कमिशनखोरीले कमिशन नै कमिशनको पोको हत्याउन पाइन्छ। हामीमाझ भर्खरै जनैको पर्व जनैपूर्णिमा सकिएको छ। त्यसको लगत्तै आज गाइजात्रा उत्सव परेको छ। यसै मेसोमा जनै, दलाल पुँजीपतिहरुको कमिशनको खेललाई लिएर ‘चाइनिज जनै’ शीर्षकको प्रतिकात्मक एउटा हाँस्यव्यंग कवितालाई यहाँ प्रस्तुत गरिएको छ। जुन कवितालाई अर्जुनराज पन्तले रचना गरेका हुन्। बागलुङ मुलपानीका कवि पन्त हाल अमेरिकामा छन्। उनका प्रस्तुत कविता समकालीन साहित्य प्रतिष्ठान, बेलायतको फेसबुक पेजबाट साभार गरिएको मान्नुस्।
ब्यङग्य कविता :चाइनिज जनै
शीरमा लाउने टोपी देखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लाग्यो अब !
हरमा लाउने एउटै चिज त्यो नेपालीपन भा’ को
हरे कठै त्यहि पनि चाइना बाटै आ ‘ को !
छैन झन्झट कताउन र तेउराउनलाइ पनि
उतै बाट आयो जनै बनिबनाउ बनि ।
खुस्स छिर्यो पसलमा पैसा तिर्यो पायो
सस्तो छिटो चाइनिज जनै अनि हरमा लायो ।
जमना नि कस्ता अाए खाेज्नि छिटो सस्तो
साेच्दैनन् खै किन हाेला हो त्यो सामान कस्तो !
फालिएका थोत्रा पेलि त्यसको धागो बनाइ
त्यहि धागोलाई गाँठो पारि बनाएको जनै
न त धोएको,मन्तरेको,न गरेको केहि
पसलबाट किनि लाउदा आज जनै त्यहि ।
सजिलो र सस्तो खोज्दा अर्को दण्ड पाउला
फोहोरी ती जनै लाउदा चाइनिज लुतो आउला !
जसरि नि पैसै पार्ने ब्यापारीको धर्म
काे छुट्याउने हरे कठै कर्म र कुकर्म !
के चाँहि बिक्छ नेपालमा अध्यन गरि- गरि
पठाएकै छ चाइनिज सामान उसले बजार भरि ।
राेग देखि भोग सम्मका उसकै सामान सबै
उहि फैलाउछ राेग पहिला अनि बेच्छ दबाइ !
शराद लाउला तिथि आउला पण्डित कहांँ पाउला ?
गराइ दिन्छु शराद भन्दै चाइनिज पण्डित आउला ।
अरु भन्दा सस्तो छिटो गराई दिन्छु भनि
आउन मात्रै बाँकी रहयो चाइनिज पण्डित बनि ।
सँंस्कृतका ती मन्त्रलाइ चाइनिजमा ढाली
अरु सबै भरि त्यहाँ छाडि नाम खालि ।
मन्त्र भरेका मोबाइल बोकी पण्डित जस्तै गरि
आउछन् होला चाइनिज पण्डित अब बजार भरि ।
जनै उसको चल्ने भए सि चलाउ पण्डित पनि
छिटै गर्ला शराद पनि च्याङ्ग -च्याङ्ग चुङ्ग- चुङ्ग भनि ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







