पोखरा । पोखरा लेडी जेसीज बर्ष २०२१ को जेसीज सप्ताह कार्यक्रमको चौथो दिन सकरात्मक सोच एवं जीवन परिवर्तन तालिम सम्पन्न भएको छ ।
बर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्माको अध्यक्षता तथा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसी अरुणेश्वर खनालको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख प्रशिक्षक (NLP coach, life coach, TOT/Graduated) गणेश गिरीले जालपा देवि आमा समुहलाई तालिम दिएका हुन् ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल जेसीज बर्ष २०२१ का क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी भोजराज चापागाईं रहेका थिए ।
कार्यक्रममा अतिथिहरु नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शिब प्रसाद सापकोटा, राष्ट्रिय कानुनी सल्लाहकार जेसी गोकुल सापकोटा, पुर्व राष्ट्रिय कोषाध्यक्ष जेसी बिष्णु लम्साल लगायत पोखरा लेडी जेसीजका पुर्व अध्यक्षहरु सिता पाण्डे, लक्ष्मी गुरुङ सन्तु पौडेल, एबं सपना गिरीको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रम को संयोजक जेसी गिता ढुङ्गाना ले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका मुल संयोजक तथा पोखरा लेडी जेसीजका का. उपाध्यक्ष जेसी लक्ष्मी कुँवरले सातै दिनको कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा जेसिज आस्था पाठ जेसि संगिता अधिकारीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचीव सुमित्रा कोइरालाले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







