तस्बीरः एजेन्सी
त्रिदेशीय क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज (मंगलबार) बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृंखला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ।
श्रृंखलाअघि नेपालले पपुवान्यूगिनीसँग भदौ २० र २३ गते २ वटा एक दिवसीय खेल्नेछ। विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







