वाईसिएल पोखरा २२ को अध्यक्षमा बराल


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को युवा संगठन वाइसिएलको पोखरा २२ पुम्दी भुम्दीको भेलाले हेमराज बरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


कमिटीको उपाध्यक्षमा सुरज बराल , सचिवमा अनुपम पौडेल, कोषाध्यक्षमा ईश्वरी लामिछानेलाई चयन गरेको नवनिर्वाचित सचिव अनुपम पौडेलले जानकारी दिए ।


कार्यक्रममा प्रदेश सरकारका अर्थ मन्त्री रामजी बराल जीवनले नवगठित समितिलाई बधाई तथा शुभकामना दिए ।


मन्त्री बरालले यवाहरु सधै गतिशिल हुनुपर्ने, विकास निर्माणलाई पनि ध्यान दिनुपर्ने, वाईसियललाई जनताको सारथि बनाउनुपर्ने, कुरीति र विभेद अन्त्यका लागि भुमिका खेल्न आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।