समृद्धिको रक्तदानमा ४१ यूनिट संकलन


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७८ मा प्रकाशित




पोखरा । लायन्स क्लव अफ पोखरा समृद्धिको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ यूनिट रगत संकलन भएको छ ।


क्लवले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत गरिएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेको क्लवा कार्यक्रम संयोजक सरिता महर्जनले जानकारी बताइन ।


कार्यक्रममा रेडियो सराङकोटका कार्यकारी निदेशक कृष्ण थापाले शुभकामना महिला विकास केन्द्रका संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठलाई ब्लड व्याग हस्तान्त्रण गरि कार्यक्रमको उद्घाटन गरे ।


क्षेत्रिय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा लायन्स लिडरसिप एकेडेमी प्रमुख सुचित्रा थापा, रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समूहका अध्यक्ष जितेनद्रमान शाक्य, लायन्स सर्भिस सेवा अभियान प्रमुख, मदन मुल्मी, लायन्स रक्तदान कार्यक्रम प्रमुख महेश पौडेल, लायन्स डिष्ट्रिक विभाग प्रमुख राधिका थापा, पूर्व अध्यक्ष कुष्मा राणा, रिजन प्रमुख सन्तोष घिमिरे, रेडियो सराङकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, सिद्यार्थ क्लवका अध्यक्ष पार्वती माकाजू, सचिव प्रमीला जोशी लगायतले रक्तदानको महत्व र क्लवले गरेका गतिविधीका बारेमा बोलेका थिए ।


कार्यक्रम क्लवका अध्यक्ष रजनी श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।