स्पा सङघ नेपालद्वारा आयोजित ‘कोभिड कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियाको उदघाटन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह । तस्बिर : अच्युत रेग्मी / रासस
काठमाडौँ । कोभिड नियन्त्रणमा स्पा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । स्पा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शारीरिक र मानसिक स्वास्थ्यका लागि स्पा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए । उनले भने, “स्पा व्यवसायीले मर्यादित ढङ्गले आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस्, नेपाल प्रहरी यहाँहरुलाई सहयोग गर्न तयार छ ।
”ठमेलभित्र अझै धेरै विकृति रहेको भन्दै उनले यस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए । प्रहरी उपरीक्षक सिंहले जिल्ला प्रशासन कार्यालयको आदेशानुसार जिम्मेवार भएर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै कोभिड नियन्त्रणका लागि नेपाल प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले स्पा व्यवसायलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । स्पा व्यवसाय अस्पतालपछि स्वास्थ्यका लागि दोस्रो अस्पताल भएको भन्दै उनले यसलाई स्वास्थ्यमापदण्ड पालना गरेर सञ्चालन गर्न पाउनुपर्नेमा उल्लेख गरे ।
कोभिडको मारमा स्पा व्यवसायी परेको उपाध्यक्ष शर्माको भनाइ थियो । परिषद्का महासचिव धुव्र अधिकारीले स्वास्थ्य मापदण्ड अपनाएर छिटो स्पा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए । उनले राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा सञ्चालित स्पा व्यवसायबाट एक हजार ५०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको बताए ।
स्पा सङ्घ नेपालका अध्यक्ष शुभलाल थिङले स्पा क्षेत्रलाई पर्यटन स्वास्थ्यको रुपमा रुपान्तरण गर्नुपर्ने बताए । उनले कोभिड–१९ को महामारीमा व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर न्यूनीकरण गर्नका लागि स्पा थेरापीले सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा स्पा व्यवसायीद्वय केशव बस्नेत र रामदेव महतोले व्यवसाय सञ्चालनका लागि तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए। विसं २०७८ मा स्थापना भएको स्पा सङ्घ नेपालमा ११ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





