पोखरा । पोखरा लेडी जेसीज बर्ष २०२१ को जेसीज सप्ताह कार्यक्रमको पाँचौं दिन खाद्यन्न तथा आवश्यक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा (बिनिता)को अध्यक्षता तथा पोखरा–२० का वडा अध्यक्ष सिम बाहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भलाम आधारभुत विद्यालयमा खाद्यान्न तथा आवश्यक सामाग्री वितरण गरिएको कार्यक्रममा संयोजक सुभद्रा बरालले जानकारी दिइन् ।
कार्यक्रममा भलाम आधारभुत विद्यालय व्यबस्थापन समिमिका सदस्य रामजि खत्री, विद्यालयका प्राचार्य कुल प्रसाद पौडेल, एवाकस मेन्टल म्याथका डाइरेक्टर उपेन्द्र अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रमको बारेमा मुल संयोजक तथा पोखरा लेडी जेसीजका का. का. उपाध्यक्ष लक्ष्मी कुँवरले प्रकाश पारेकी थिइन् । कार्यक्रममा सुभद्रा बरालले स्वागत र संस्थाको आस्था पाठ सरस्वती थापा क्षेत्रीले गरेको सचिव सुमित्रा कोइरालाले जानकारी दिइन् र
संस्थाले खाद्यन्न तथा आवश्यक सामाग्री वितरण संगसंगै विद्यालय परिसरमा विभिन्न प्रजातीका फलफुलका विरुवा रोपेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







