पाेखरा । नेविसंघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले क्याम्पसमा विभिन्न संकायहरूमा संगठन विस्तार थालेकाे छ । यसै शिलशिलामा बी.पी.ए. संकायमा नोदराज रेग्मी (अनिल) काे संयोजकत्वमा कमिटि बिस्तार गरिएकाे छ । क्याम्पस मुल इकाई समितिका सभापति गौरव बरालले रेग्मीलाई बुधबार संयाेजककाे जिम्मेबारी प्रदान गरेका हुन् ।
नेविसंघ पृथ्वीनारायण क्याम्पस प्रजातान्त्रिक अध्ययन तथा अनुशासन विभाग अध्यक्ष स्वरूप बन्जाडे, सचिब राज आचार्य, बीबीएस संकाय उपसभापति बिबेक तिमिल्सिना, विद्यार्थी नेता ऋषिकेष चालिसे, सुशान्त पराजुली लगायत उपस्थित विद्यार्थी नेताहरुको रोहबरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस बी.पी.ए. विभागको जिम्मेबारी रेग्मीलाई हस्तान्तरण गरिएको हाे।
जिम्मेबारी हस्तान्तरण गर्दै सभापति बरालले संगठन सामुहिक सहकार्यको साझा एकीकृत कार्ययोजना भएकाे र स्वार्थ पूर्ति गर्ने अस्त्र नभएको बताए । उनले संगठनलाई थप गतीशिल बनाउनको लागि बी.पी.ए. विभागको जिम्मेवारी रेग्मीलाई दिइएको बताए।
नवनियुक्त संयाेजक रेग्मीले कोरोना कहरको बढ्दो जोखिम र यसकाे शिक्षा क्षेत्रमा परेको प्रभावसंगै बी.पी.ए.का विद्यार्थीमा पर्न गएको अन्याैललाई मध्यनजर गर्दै आफ्नाे नेतृत्वमा शैक्षिक सुदृढीकरण र सुसंगठित संगठनको निम्ति शैक्षिक संस्था र विद्यार्थीबीचको दुरी कम गरी तमाम समस्याको समाधान गर्न पहल गर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पुरञ्चौरमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ…






