पाेखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पसमै खोप केन्द्र राखी विद्यार्थीहरूलाई काेराेना विरूद्धकाे खाेपका लागि पहल गरिदिन क्याम्पस प्रशासनसमक्ष माग गरेकाे छ ।
शुक्रबार अनेरास्ववियुले परीक्षा दिइरहेका, परीक्षा तालिका प्रकाशित भएका, विज्ञान र महिला होस्टलका गरी जम्मा २१ सय ९३ जना विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तत्काल खाेपका लागि पहल गरिदिन क्याम्पस प्रशासनकाे ध्यानाकर्षण गराएकाे हाे ।
साथै, क्याम्पसका सबै १३ हजार ८ सय ७६ जना विद्यार्थीलाई नै एकमहिनाभित्र खोप लगाउन पहलकदमी गरिदिन क्याम्पस प्रमुखकाे ध्यानाकर्षण गरिएकाे अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष विष्णु पाेखरेलले बताए । ‘निकै मेहनतकासाथ तथ्याङ्क सङ्कलन गरी क्याम्पस प्रमुखसमक्ष जोडदार माग राखेका छौँ, पाेखरेलले भने, ‘माग पुरा नभए खाेपका लागि आन्दोलन नै गर्नुपर्ने हुन सक्छ।’
यस्ताे छ ध्यानाकर्षण पत्रः


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ भोटेकोशी बाढीमा परेर मृत्यु भएका ७६ शवको पोखरामा…







