योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)को केन्द्रीय अध्यक्ष बन्ने लाईनमा कास्कीका सुमन देवकोटा अग्रपंक्तिमा देखिएका छन् । हालका बरिष्ठ उपाध्यक्ष देवकोटा वाईसिएलको अध्यक्ष बन्ने दौडमा प्रमुख दाबेदारका रुपमा उभिएका हुन् । देवकोटासँगै हालका उपाध्यक्ष द्वय यशोदा न्यौपाने (जुम्ला) र सुरज सिंह (बझाङ) तथा महासचिव सुबोधराज श्रीपाली (पूर्वी रुकुम) अध्यक्षका आकांक्षी हुन् ।
कास्कीका देवकोटालाई पार्टी हाईकमाण्डकोपनि समर्थन रहेको श्रोतले बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु देवकोटालाई अध्यक्ष बनाउन सहमत भइसकेका छन् । उसो त यसअघी रामप्रसाद सापकोटा (दीपशिखा)लाई अध्यक्ष बनाउने बेलामा नै अबको कार्यकाल अध्यक्ष दिने सहमति भएको थियो । वाईसिएलको वर्तमान कार्यसमितिको समयअवधी बाँकी रहेपनि अध्यक्ष दीपशिखाले उमेरहदका कारण विदा लिने भएकालेपनि देवकोटा बरिष्ठ उपाध्यक्षको हैसियतले स्वतः अध्यक्ष हुने दाबी गरिएको छ ।
तर देवकोटासँगै अन्य ३ आकांक्षीपनि दाबेदार भएपछि सहमतिको प्रयास भइरहेको श्रोतले बताएको छ । देवकोटालाई वाईसिएलका पूर्व अध्यक्षहरुकोपनि समर्थन रहेको बताइएको छ । अहिले वाईसिएलको महाधिवेशन नभई भेला मात्रै भएकालेपनि सहमतिमै नेतृत्व चयन हुने बुझिएको छ । यसर्थपनि पार्टी हाईकमाण्डको विश्वास जसले जित्छ त्यसैले नेतृत्व पाउने भएकालेपनि प्रचण्डको समर्थन देवकोटालाई भएकाले उनी नै अध्यक्ष हुने पक्कापक्कीजस्तै देखिएको श्रोत बताउँछ ।
वर्तमान बरिष्ठ उपाध्यक्ष देवकोटा केन्द्रीय सचिवालय सदस्य, गण्डकी प्रदेश अध्यक्ष, कास्की जिल्ला अध्यक्ष भइसकेका छन् । वाईसिएलको ग्रास रुट अर्थात तल्लो कमिटीबाट काम गर्दै केन्द्रीय कमिटीको नेतृत्व गर्ने हैसियतमा पुगेका देवकोटा जनयुद्धकालमा बटालियन कमाण्डर थिए । उनले माओवादीको तत्कालिन अर्बान गुरिल्ला (सहरी सेना)का कमाण्डर भएर विभिन्न जिल्लाका आक्रमणको नेतृत्वसमेत गरेका थिए ।
पार्टीमा पनि नेतृत्व तहमा काम गरिरहेका देवकोटाले जिल्ला खेलकुद विकास समिति कास्कीको नेतृत्वसमेत गरिसकेका छन् । सफल अध्यक्षका रुपमा चर्चित देवकोटाको कार्यकाललाई पोखरेली खेलकुदकर्मीहरुले स्वर्ण कार्यकालका रुपमा हेर्छन् । उनकै पालामा पोखरा रंगशालामा अन्तराष्ट्रिय बहुउद्धेश्यीय कभर्ड हल निर्माण गरिएको हो ।
देवकोटालाई अध्यक्ष बनाउन गण्डकीका वाईसिएल सदस्यहरुले एकमुखले माग गरेका छन् । उनलाई अध्यक्ष बनाएर ईतिहास रच्नुपर्ने उनीहरुको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ भोटेकोशी बाढीमा परेर मृत्यु भएका ७६ शवको पोखरामा…







