क्रिकेट प्रमुख प्रशिक्षक ह्वाटमोरको राजीनामा


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्।

ह्वाटमोरले ओमानमा हुने आइसीसी विश्वकप लिग–२ पछि प्रशिक्षक पद छाड्नेबारे नेपाल क्रिकेट संघ (क्यान) लाई आधिकारिक रुपमा जानकारी गराइसकेका छन्।

कोरोना महामारीको संक्रमणका कारण परिवारसँग समय बिताउन नपाएको कारण देखाउँदै उनले राजीनामा दिएका हुन्। उनले ओमानमा जारी सिरिजपछि प्रशिक्षक पद छाड्ने बताइएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले ओमान भ्रमणमा छ। ओमानमा नेपालले पपुवा न्युगिनीसँग २ एकदिवसीय मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ को खेल खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।