फाइल फोटो
काठमाण्डौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ ।
पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका नुवाकोट, धादिङ, चितवन,ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको हो । यसअघि समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






