पोखरा । सामाजिक कार्यमा अग्रसर पोखरा कै पुरानो संस्था इन्द्रेणी एकीकृत बिकास केन्द्र पोखरा को कार्य समिक्षा तथा योजना बैठक सम्पन्न भएको छ । बैठकले बिगतको बर्षमा पोखराको ऐतिहासिक स्थल पुरानो टुडिखेलमा आयोजना गर्दै आएको तिज मेला लाई कोभिड-१९ का कारण यो बर्ष पनि सन्चालन नगर्ने निर्णय गरेको छ । अनुकुल परिश्थिति बने आगामी बर्ष निरन्तरता दिने र मेला मा राष्ट्रिय स्तरको भलिबल आयोजना गर्ने अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनु भयो ।बैठक अन्नपूर्ण गाउँ पालिका वडा न ११ घान्द्रुकमा दुई दिन सम्म बसेको थियो ।
कोरोना माहामारीका कारण बैठक केही ढिलो हुनगएको केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताउनु भयो । केन्द्रका कार्य समितीका पदाधिकारी ,सल्लाहकार ,पुर्व अध्यक्ष र विभिन्न उपसमितिका संयोजकहरुको सहमागिता रहेको बैठकले हाल सम्म भए गरेका काम को समिक्षा गर्नुको साथै आगामी बर्षको लागि गरिने कार्य योजनाको बारेमा छलफल गरि सम्पन्न भएको अधिकारीले जानकारी दिनु भयो ।
अधिकारीका अनुसार केन्द्रका प्रशासनिक कार्य लाई निरन्तरता दिदै उत्पादनमुलक कार्य गर्नको लागि सल्लाहकार प्रेमरमण आचार्यको संयोजकत्वमा एक समिती गठन गरिएको छ । बैठकले केन्द्रको भोगाधिकार प्राप्त जग्गामा बनिरहेको भबन एबं उक्त स्थानलाई गुरुयोजना अनुसार कार्य सन्चालन गर्नको लागि अध्यक्ष अधिकारीको संयोजकत्वमा कार्य अगाडि बढाउने निर्णय गरेको छ । बैठकले रिक्त कार्यसमिति सदस्यमा दिपक पौडेललाई मनोनीत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







