तस्बीरः सामाजिक सञ्जाल, कञ्चन थापाको फेसबुकबाट
आइतबार राति पोखराको पस्र्याङस्थित फिर्केखोलको पुलबाट गाडी तल खोलामा खसेको छ।
मध्यरातको करिब साँढे १२ बजेतिर नीलो प्लेटको ६०–०–४६७ नम्बरको बृटिश एम्बेसीको जीप फिर्के खेलाको पुलबाट अन्दाजी २५ फिट तल पानीमा खसेको हो।
पोखरा–बागलुङ हाइवेमा पर्ने साँघुरो पुलबाट जीप धसारिदैँ खोलामै पुगेको छ। स्थानीयका अनुसार बागलुङ बसपार्कबाट पस्र्याङ/जिरोकिलोमिटरतर्फ गएको जीप मध्यरातमा खसेको थियो। बागलुङ बसपार्कतर्फ पुलको मुखमा गाडेको स्ट्याण्ड बोर्डलाई समेत ढालेर जीप खोलामा खसेको छ। बागलुङ बसपार्क तर्फबाट पस्र्याङ, जिरो किलोमिटर तर्फ गएको जीपको अगाडीको भाग बागलुङ बसपार्कतर्फ नै फर्किएको छ भने पछाडीको भाग पस्र्याङतर्फ छ।

जीप खस्दाको समयमा मुसलधारे वर्षा भइरहेको स्थानीय बताउँछन्। पुलबाट गाडी खसेको थाहा पाएपछि आफूहरु जीप खसेको ठाउँ फिर्के खोला पुलमा पुगेको स्थानीयको भनाई छ।
स्थानीयहरु त्यहाँ पुग्दा फिर्के खोलामा खसेको जीपको हेडलाइट बलिरहेको थियो। जीपमा दुइ जनामात्र (एक युवा/एक युवती) रहेको स्थानीयहरु बताउँछन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार जीप खसेको करिब आधा घण्टापछि ति युवायुवती सकुशल जीपबाट बाहिर निस्केका थिए। स्थानीयका अनुसार जीपमा सवार युवायुवतीमा ठूलो् घाउचोट लागेको थिएन। तिनिहरुको साथबाट रक्सीको गन्ध आएको स्थानीय बताउँछन्। स्थानीयहरुले बताए अनुसार पुलबाट गाडी खसेको करिब एक घण्टापछि प्रहरी पुगेको थियो।

चाक्लो हाइवेका बीच अवस्थित साँघुरो फिर्के खोलको पुलमा यस्तो घटनाहरु प्राय भइरहने स्थानीयहरु बताउँछन्। दुर्घटना हुन नदिन पुलदेखि अलि परैबाट इन्डिकेटरका ट्राफिक डिभाइसहरु राख्नुपर्ने स्थानीयको माग छ।

ललितपुर जिल्ला, लक्ष्मीबोट घर भई हाल पोखरा–१६, दीप बस्ने वर्ष २९ का बिजय घले जीपका चालक रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ। दुर्घटनाबारे सबै जानकारी आइनसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ। जीपमा सवार कति जना रहेको समेत जिल्ला ट्राफिक कार्यालय अनभिज्ञ रहेको ट्राफिक कार्यालयका सूचना अधिकृत प्रहरि सहायक निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए। ‘दुर्घटनाबारे अध्ययन अनुसन्धान भइरहेछ,’ प्रहरि सहायक निरीक्षक अधिकारीले भने।
अधिकारीका अनुसार चालकलाई खासै चोटपटक नलागेको र जीपमा सवार अर्को व्यक्ति (युवती) का बारे भने अनुसन्धान भइरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







