नागढुंगामा पहिरो, काठमाडौँ प्रवेश गर्ने सयौँ गाडीको जाम


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज (सोमबार) बिहानैदेखि अवरूद्ध भएको छ।

नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे ५ बजेदेखि सडक अवरुद्ध भएको हो।

हिँजो (आइतबार) बिहानदेखि दिउँसो १ बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएर संचालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो।

पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ गाडीको लाइन लागेको छ।

पहिरो पन्छाउन अहिले त्यहाँ डोजर परिचालन गरिएको समाचारहरुमा उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।