पोखरा–१९ को स्वास्थ्यचौकीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्त्रण


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७८ मा प्रकाशित




पोखरा । नेलम्बो नेपालद्वारा पोखरा–१९ को स्वास्थ्यचौकीलाई एक थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्त्रण गरेको छ ।

स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था नेलम्बो नेपालले यसअघि गरिएको प्रतिवद्धता अनुसार अक्सिजन कन्सेन्ट्रेटर हस्तान्त्रण गरेको संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।

यस अघि संस्थाले पल्स अक्सिमिटर १० थान,७ सय थान सर्जिकल मास्क, ५० पिस के.एन.नाइन्टी फाइभ मास्क,४० थान फेसशिल्ड,५ लि.को ४ ग्यालेन सेनिटाइजर,५ बोटल हेण्ड सेनिटाइजर,५ थान पिपिई सेट,५ थान स्प्रे बोटल ,३० पिस लाइफ ब्याय साबुन र १ थान स्ट्याण्ड गरि ५८ हजार ५ सय ५६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्रि प्रदान गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।