तत्कालीन नेकपा एमालेको समानान्तर जिल्ला कमिटी कास्कीका सदस्य कमलबहादुर श्रेष्ठ एमालेमै रहने भएका छन् । श्रेष्ठले सोमबार साँझ सामाजिक सञ्जाल फेसवुकमार्फत आफू एमालेमै रहेको घोषणा गरेका हुन् । श्रेष्ठले अनेरास्ववियू कास्कीका सचिव, पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सदस्य, नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य तथा सांस्कृति मोर्चाका विभिन्न पदहरुमा काम गरिसकेका छन् ।
श्रेष्ठले एमालेको पार्टी जीवनलाई थप लोकतान्त्रिकरण गर्न दवाब दिने उद्धेश्यले मात्र समानान्तर कमिटीमा बसेको तर हाल विवादको हल १० बुँदे सहमतिले गरिसकेकोले फेरीपनि समानान्तर कमिटीमा संलग्न हुनु र पार्टी विभाजित गरेर पार्टी र आन्दोलनलाई कमजोर बनाउनु राजनीतिक र बैचारिक दुबै दृष्टिले उचित नहुने भएकाले आफू एमालेमै रहेर सकृय हुने उल्लेख गरेका छन् । साथै उनले समानान्तर कमिटीमा सकृय सम्पूर्णलाई एमालेमै रहन अपिलसमेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







