मिलको फित्ता चुँडिएर बेरिदा तनहुँमा एक जनाको मृत्यू भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ स्थित न्यू श्रेष्ठ ब्लक उद्योगको मिलको फित्ता चुँडिएर बेरिदा सोहि मिलमा काम गर्ने कञ्चनपुर बेलौरिया ९ स्थायी घर भएका २१ वर्षिय केशव चौधरीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मिलको फित्ता चुँडिएर बेर्दा चौधरी घाईते भएका थिए । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौंडा ल्याइएपनि उपचारको क्रममा मृत्यू भएको प्रहरीको बुलेटिनमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







