पोखरामा भारी वर्षा, रामबजार र भलाममा घर पहिरोले पुर्दा ३ जनाको मृत्यु, २ घाइते, १ बेपत्ता


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरामा बुधबार बेलुकीदेखि लगातार परेको भारी वर्षाका कारण छुट्टाछुट्टै २ घटनामा ३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै घटनामा २ घाइते, १ बेपत्ता भएका छन्।

पोखरा १० रामबजारस्थित भञ्ज्याङ नमुना टोलकी लक्ष्मी नेपालीको ब्लकले बनेको घरपछिाडीबाट पहिरो आइ घर भत्कदाँ ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको छ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत् लक्ष्मी नेपालीको राति १ : २८ मिनेटमा मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, लक्ष्मी नेपालीको १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भइ मणिपालमा उपचार भइ विहान ५ बजे डिस्चार्ज भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।

त्यस्तै, भारी वर्षाकै कारण पोखराको भलामस्थित कृष्णकुमार श्रेष्ठको ब्लकले बनेको घर पहिरोले पुर्दा ४५ वर्षका कृष्णकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको छ। उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको प्रहरि कार्यालयले जानकारी दिएको छ।

घटनामा कृष्णकुमारको ९ वर्षिय छोरा राजकुमार श्रेष्ठ घाइते भएका छन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, घटनामा परेर कृष्णकुमारका अर्का ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन्। वेपत्ता सन्तोषको खोजी भइरहेको प्रहरि प्रवक्ता हमालले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।