‘विश्व ब्लाइन्ड आइडल’को उपाधि खोमराजलाई


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




दृष्टिविहीन खोमराज शर्माले ‘वल्र्ड ब्लाइन्ड आइडल’को उपाधि चुमेका छन् । चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगिताको उपाधि बेनी डढुवाका दृष्टिविहीन खोमराजले अन्य २६ जना प्रतिपष्पर्धीलाई पछि पार्दै ‘वल्र्ड ब्लाइन्ड आइडल’को उपाधि जितेका हुन् । शर्मा नेत्रहीन संघ नेपालका उपाध्यक्ष हुन् ।
अनलाईन भोटिङका आधारमा भएको प्रतिष्पर्धामा शर्माले ८ हजार दुई ७१ भोट प्राप्त गर्दै बिजयी भएको चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आज घोषणा गरेको बिजेता शर्माले सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् ।
सेप्टेम्बर १० तारिखका दिन पोल्याण्डमा विशेष समारोह आयोजना गरेर उपाधि सहित पुरस्कार प्रदान गरिने जनाइएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहेका शर्माले आफुलाई बिजयी गराउन इमेल मार्फत भोट गर्ने सबैलाई आभार प्रकट गरेका छन् । उपाधिले दृष्टिविहिनहरुको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको उनले बताए ।
दृष्टिबिहीनहरुको सशक्तिकरणका लागि जीवन समर्पित गरेका शर्माले २०५६ सालदेखि निरन्तर काम गरिरहेका छन् । उनी नेपाल नेत्रहीन संघ बाग्लुङ, इलाम र कास्की शाखाहरू र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिबिहीन व्यक्तिहरूको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तिकरणका लागि शर्माले काम गर्दै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।