एमाले कास्कीद्वारा घाईतेको उद्धार, राहत र पुर्नस्थापनामा जुट्न कार्यकर्ताहरुलाई अपिल


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




नेकपा एमाले कास्कीले कास्कीका विभिन्न भागमा बाढीले क्षेति पुगेको भन्दै उनीहरुको उद्धार, राहत र पुर्नस्थापनामा जुट्न कार्यकर्तामा अपिल गरेको छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आज साँझ एक विज्ञप्ती जारी गर्दै एमालेका सम्पूर्ण सदस्यहरुलाई बेपत्ताको खोज, उद्धार र राहतमा खटिन अपिल गरेका हुन् ।

साथै एमाले कास्कीले मृतकका परिवारलाई राहत, उद्धार, पुर्नस्थापना तथा बेपत्तको खोजी र घाईतेको निःशुल्क उपचारको ब्यबस्था मिलाउन तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।