दुर्लुङको घोगेनीमा पहिरोले घर पुर्दा ५ जनाको मृत्यू भएको ठाउँ र उद्धारमा खटिएका स्थानिय
पर्वतका विभिन्न ठाउँमा गएराती आएको पहिरोले घर बगाउँदा ८ जनाको मृत्यू भएको छ । पहिरोले घर भत्काउँदा पर्वतको घोगेनीमा ५, कुश्माको पकुवामा २ र मोदीमा १ जना गरी ८ जनाको मृत्यू भएको हो ।
अविरल वर्षापछि आएको पहिरोले घर भत्काउँदा कुश्मा नगरपालिका ३ दुर्लुङ घोगेनीमा ५ जनाको मृत्यू भएको छ । स्थानिय पौडेलको घर बगाएको प्रहरीको भनाई छ । उनीहरुमध्ये विमला पौडेल र विनिता पौडेलको शव पहिचान भइसकेको छ ।
यसैगरी कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवामा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ । पहिरोले घर पुर्दा स्थानिय दुर्गा पौडेल र उनका छोरा गणेश पौडेलको मृत्यू भएको छ ।
पहिरोले घर पुर्दा पर्वतकै मोदी ५ अम्बोटमा ५० वर्षिया ठूलीमाया थापाको पनि मृत्यू भएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







