पोखराको खुदी खोला तर्ने क्रममा एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित खुदी खोला तर्न खोज्दा खोलाले बगाएर स्थानिय ६० वर्षिय रमेश मगरको मृत्यू भएको हो ।
बेगनास ताल उद्गम विन्दु रहेको खुदी खोला तरेर गगनगौंडातर्फ जान खोज्दा आज पूर्वाह्न ११ बजे खोलाले बगाएर बेपत्ता भएका उनको शव बगाएको ठाउँ भन्दा ३० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
स्थानियले शव खोलाबाट निकालेर प्रहरीलाई जानकारी गराएपछि गएको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







