कोभिड–१९ को मारमा परेका भारती भवन माविका विद्यार्थीलाई भूपू विद्यार्थीद्वारा ‘स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित




कोभिड–१९ को मारमा परेका भारती भवन माविका विद्यार्थीलाई सो विद्यालयका भूपू विद्यार्थीद्वारा ‘९० दिने स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण गरेका छन्।

कास्कीको माछापुच्छ«े गाउँपालिका–२ को भुर्जुङखोलास्थित माछापुच्छ्रे माविले निर्माण गरेको समायोजित पाठ्यक्रमअनुसार तयार पारिएको ‘स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण गरेपछि दोस्रो संस्करणका रुपमा की–नोट वितरण गरिएको हो।

रेडियो, टिभी. र अनलाइनको पहुँचबाट टाढा रहेका विद्यार्थीहरुका लागि सहजीकरण गर्न र घरमै बसेर अध्ययन गर्नको लागि यो सामग्री निर्माण गरेको हो। अंग्रेजी माध्यममा तयार पारिएको सामग्री कक्षा १ देखि कक्षा ९ सम्मका सबै विषयको एक पुस्तकमा पढ्ने सामग्री की–नोट विद्यार्थीहरुलाई वितरण गरिएको हो।

देश तथा विदेशमा रहेका भारती भवन माविका भूतपूर्व विद्यार्थीहरुको सहयोगमा ‘स्वाध्ययन पाठ्य सामग्री’ वितरण गरिएको हो। सहयोग गर्ने भूतपूर्व विद्यार्थीहरुमा शन्शिला आत्रेय हाल अष्ट्रेलिया, शिवप्रसाद बास्तोला हाल जापान, प्राप्ती थापा हाल काठमाण्डौं, निलराज अधिकारी, उषा पौडेल रेग्मी, उमानाथ गौतम, शिवहरि आचार्य, राजेश गौतम र बसन्द गौतम छन्।

विद्यालयका प्रधानाध्यापक गोविन्द काफ्ले, माछापुच्छ«े माविका पूर्व प्रअ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी हर्कबहादुर घर्तिको उपस्थितिमा भूतपूर्व विद्यार्थीहरुले पाठ्य सामग्री वितरण गरेका हुन्।

प्रमुख अतिथि घर्तिले कोभिड–१९ को संकटको समयमा यस्तो ‘स्वाध्ययन शैक्षिक सामग्री’ वितरण गरेकोमा सहयोगदाता भूतपूर्व विद्यार्थी र सहजीकरण गर्ने माछापुच्छे«े माविलाई धेरै आभार प्रकट गरे। विद्यार्थीहरुलाई शुभकामना उनले भने, ‘यो सामग्रीको उच्चतम प्रयोग गरेर सफलता हासिल गर्नुपर्छ, विद्यार्थीप्रति मेरो शुभकामना ।

विद्यालयका प्रअ गोविन्द काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।