उद्योगपति तथा प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । उनको गएराती १०ः३० बजे ६३ वर्षको उमेरमा निधन भएको हो ।
उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उनी केहि समयदेखि अस्वस्थ थिए । मधुमेह एक्कासी घट्दा निधन भएको हुनसक्ने परिवारको अनुमान छ ।
राप्रपाबाट लामो समय राजनीति गरेका उनी गत निर्वाचनमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका हुन् । उनी पोखरा उपमहानगरपालिकाका तत्कालिन प्रधानपञ्चपनि हुन् ।
हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउसहित एक दर्जन बढी हाईड्रोलगायतमा उनको लगानी रहेको छ ।
उनको आजै सेती नदीमा अन्त्येष्टी गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






