गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले असल कम्युनिष्टहरु फेरिपनि मिल्नुको विकल्प नभएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीको आइतबार पोखरा १४ मा रहेको शहिद स्मृती आवासिय माविमा शैक्षिक तथा खेलकुद सामाग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्यसमेत रहेका मन्त्री बरालले पहिले गरेको एकता दीगो नभएपनि फेरिपनि असल कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताएका हुन् । उनले भने,हिजोको एकता दीगो भएन, तर पहिलेको एकता दीगो भएन भनेर चुप लागेर बस्नु हुँदैन, यो देशको विकास र समृद्धिका लागि, सामन्ती राज्यसत्ता ध्वंस गर्दै न्यायपूर्ण समतामूलक समाज निर्माणका लागि असल कम्युनिष्टहरबीच एकताको जरुरी छ, यसको विकल्प छैन ।
मन्त्री बरालले कर्मचारी भन्दा राजनीति क्षेत्रमा बढी समस्या रहेको औंल्याए । उनले कर्मचारी क्षेत्रबाट व्यानरमा लेखिएको “व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन” लागु हुने गरी व्यवहारमा कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन समेत दिए । नेताहरुलाई खबरदारी नगरी राजनीति दललाई प्रभावमा पारेर व्यक्तिगत र आफु रहेको संगठनको मात्र हितमा लाग्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे । उनले जनताको हितमा हुने काम गर्न कर्मचारीलाई आग्रह गरे । अबका कर्मचारीमा सोंच्ने र गर्ने दुबे तरिका भिन्न फरक र विश्वासिलो हुनुपर्ने उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






