गण्डकी प्रदेशमा आज दिउँसो भारी वर्षाको संभावना


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

गण्डकी प्रदेशका केही स्थानहरुमा आज (सोमबार) दिउँसो मेघ गर्जन र चट्याङसहित भारी वर्षाको संभावना रहेको छ।

गण्डकी प्रदेश लगायत बागमति र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरुमा आज मेघ गर्जन र चट्याङसहित भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र साँझ गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन–चट्याङ सहित भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायुको सक्रियताका कारण अहिले गएरातिदेखि देशका अधिकांश स्थानमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखाको सक्रियताका कारण काठमाडौं उपत्यकासहित देशका मध्य क्षेत्रमा भारी वर्षा भइरहेको हो। आज बिहानैदेखि सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि (मंगलबार) पनि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ।
ठूला नदी तथा जोखिमयुक्त क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।