अनलाईन फोटोग्राफी प्रतियोगितामा पोखराकी सिरुको फोटो उत्कृष्ट


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा आफ्नो तेस्रो स्थापना दिवसको अबसरमा घोषणा गरेको छ ।
गत भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा भाद्र २० गते आफ्नो स्थापना दिवसका दिन घोषणा गरेको हो ।
यस फोटो प्रतियोगितामा देश भरबाट १४५ फोटो प्रतिस्प्रर्धामा रहेका थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्विरहरु समावेश भएका थिए । कुल १५४ तस्विर मध्ये पोखराकी सिर्जना भुर्तेल( सिरु) को तस्विर उत्कृष्ठ घोषणा हुन सफल भयो ।
अन्य उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुमा , बिक्रम न्यौपाने काठमाडौं, जीवन ढुंगाना कास्की ,बिष्णुहरी अधिकारी कास्की, बिकल सुवेदी कास्की , दिवस बराल कास्की, अर्जुन कुवर कास्की,अनुप गुरुङ्ग, कास्की राहुल सुवेदी कास्की ,.सुरेश रेग्मी पर्वत ,यामु कुमाल नवलपुर रहेका छन ।
फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेलको निर्णायक समितिले उतकृष्ठ ११ फोटो सिफारीस गरेको थियो । निर्णायक समितिले सिफारीस गरेका फोटोहरुलाई कार्यक्रममा घोषणा गरिएको हो ।
फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस को अवसरमा आयोजीत कार्यक्रमको प्रमुख अतिथि पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्बाह गर्दै पत्रकार महासंघ कास्की कि अध्यक्ष बिमला भन्डारी , नेपाल पत्रकार महासंघ रास्ट्रिय परिषद सदस्य कमल पौडेल अथक ,नेपाल फोटोपत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ , नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेल , निर्णायक समितिका संयोजक फोटोपत्रकार कृष्णमणि बराल , घनश्याम पौडेल, कैलास सहकारी संस्थाका अध्यक्ष शिबहरी अधिकारी, संस्थाका सल्लाहाकार गणेश छवि, तनहुं फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ,पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, फोटो प्रतियोगितामा उत्कृष्ठ १० मा पर्न सफल युवा फोटोग्राफर बिष्णुहरी अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य सहित स्थापना दिवस तथा फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल ले प्रष्ट पार्दै उत्कृष्ठ फोटोलाई रु ५००० र प्रमाणपत्र ले उत्कृष्ठ दश लाई प्रमाण्पत्र तथा खादाले संस्थाको साधारण सभामा सम्मान गरिने जानकारी दिनुभएको थियो ।
संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव तुलसी राम सुवेदीले संचालन गर्नुभएको थियो ।

उत्कृष्ट फोटोलाई रु ५००० र प्रमाणपत्र ले उत्कृष्ट दश लाई प्रमाण्पत्र तथा खादाले संस्थाको साधारण सभामा सम्मान गरिने जानकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले दिनु भयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।