अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको एघारौं सम्मेलनले काशी पौडेलको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय समिति सदस्य रामजीप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले पौडेलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा सुवास पौडेल, सरोज काफ्ले, पूजा अधिकारी र सञ्जु लुरे चयन भएका छन् भने सचिवमा चिरञ्जिवी अधिकारी, सहसचिवमा राम शर्मा पौडेल र कोषाध्यक्षमा नेहा गुरुङ चयन भएका छन् ।
त्यस्तै सम्मेलनले संगठन विभाग प्रमुखमा मनिष माम्बा तामाङ, छात्रा विभाग प्रमुखमा सफलता तिमिल्सिना र विद्यार्थी स्वयम्सेवक प्रमुखमा खेम गुरुङ चयन भएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक…





