मनाङ । मनाङका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन् ।
जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन् ।
बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उहाँहरुलाई जिल्ला आउन समस्या भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले कर्मचारी आउन ढिलाइ भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउन समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । जिल्लाका विभिन्न कार्यालय प्रमुख सरुवा भएका छन् । दुई महिनादेखि मनाङ सहायक प्रमुख जिल्ला अधिकारीविहीन भएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







