योङ कम्युनिष्ट लिग (वाईसिएल)को केन्द्रीय संयोजकमा पोखराका सुमन देवकोटा चयन भएका छन् । वाईसिएल केन्द्रीय समितिको आज बसेको बैठकले देवकोटालाई संयोजकमा चयन गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वाईसिएल नेपालका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा (दीपशीखा)सहितको बैठकले देवकोटालाई संयोजक चयन गरेको वाईसिएल नेपालले जनाएको छ ।
यसअघी भदौ १३ गतेदेखि ४ दिनसम्म चलेको वाईसिएलको सम्मेलनले सर्वसम्मत रुपमा संयोजक चयन गर्न नसकेपछि पदाधिकारी पछि चयन गर्नेगरी केन्द्रीय कमिटी चयन गरेको थियो । तर आज बसेको दोश्रो बैठकले देवकोटालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको जनाइएको छ । अध्यक्षका अर्का प्रत्यासी सुबोध सेर्पाली भने सहसंयोजक बनेका छन् ।
वाईसिएलको केन्द्रीय संयोजक बनेका देवकोटा यसअघी बरिष्ठ उपाध्यक्ष थिए । २०५४ सालदेखि जनयुद्धमा लागेका उनी ईसिएलको जिल्ला सदस्य, जिल्ला अध्यक्ष, गण्डकी प्रदेश अध्यक्ष हुँदै केन्द्रीय कमिटीमा पुगेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







