तस्बीरः एन्फा
नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ।
दशरथ रंगशालामा बेलुकी पाँच बजे खेल सुरु हुनेछ। मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताएका छन्।
खेल हेर्न दर्शकहरुलाई पनि अनुमति दिइएको छ। २ मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो। उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र ५ गते खेल्दैछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा खेल्ने मौका पाउनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







