अटोवेजका सञ्चालक नारायणप्रसाद पौडेललाई पितृशोक


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७८ मा प्रकाशित




अटोवेज प्रालि नयाबजार पोखराका सञ्चालक तथा प्रतिभा मावि नदीपुरका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल र उनका दाजु राजेन्द्रप्रसाद पौडेललाई पितृशोक परेको छ । पौडेल दाजुभाईका पूजनीय पिता गोविन्दप्रसाद पौडेलको बुधबार साँझ ९२ वर्षको उमेरमा आफ्नै निवास स्याङ्या जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर २ मडुवामा निधन भएको हो ।

स्वर्गिय पौडेलको आजै पोखराको सेती नदीस्थित शान्तिघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।