पोखरा । यथास्थितिमा एमसीसी परियोजना अनुमोदन नगर्न राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले सम्बद्धपक्षको ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकारले मिलेनियनम च्यालेन्ज कर्पोरेसन एमसीसी संससदबाट पारित गर्ने तथ्य सार्वजनिक भएपछि समितिले बिहीबार प्रेस विज्ञप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।
संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी र महासचिव सुनिल पाण्डेद्वार जारी विज्ञप्तीमा कुनैपनि वैदेशिक साहायताका लागि सार्वभौम संसदबाटै अनुमोदन चाहिने शर्त अनौठो र रहस्यमय रहेको भनिएको छ ।
सहयोगको सम्झौतालाई संसदीय अनुमोदन खोजिनु जायज नभएको उल्लेख गर्दै नेपालको कानुन र संविधानभन्दा माथि अरु कुनै निति, नियम हुनै नसक्ने भनिएको छ ।
विज्ञप्तीमा ‘नेपालको समेत लगानी हुने तर परियोजनाको स्वामित्व एमसीसीको रहने, नेपालको कानुन, संविधानसँग बाझिएका एमसीसीका नियम लागू हुने जस्ता प्रावधान राष्ट्रहित विपरीत छन् ।’
यस्तै परियोजना सञ्चालन भएका देशमा पनि यसले सफलता पाउन नसकेको भन्दै परियोननाकै नामबाट अमेरिकी हस्तक्षेप निम्तिन सक्ने सम्भावनालाई नकार्न सक्ने अवस्था नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै समितिले सम्पूर्ण सचेत नागरिकलाई यसका विरुद्ध आवाज उठाउन विज्ञप्तीमार्फत आग्रह गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







