बेलायतकी किशोरी राडुकानुले पहिलो पटक जितिन् युएस ओपनको ग्राण्डस्लाम


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

बेलायतकी १८ वर्षे किशोरी एम्मा राडुकानुले महिला एकलतर्फको युएस ओपन टेनिसको उपाधि जितेकी छन्।

आइतबार बिहान भएको खेलमा क्यानडियन किशोरी लेइला फर्नान्डेजलाई पराजित गरेर राडुकानुले पहिलो ग्राण्डसलाम उपाधि जितेकी हुन्।

राडुकानु बेलायतको पछिल्लो ४४ वर्षको इतिहासमा महिलातर्फ ग्राण्डसलाम उपाधि जित्ने पहिलो बेलायती खेलाडी बनेकी छन्। गएको सोमबार १९ वर्ष लागेकी लेइलालाई राडुकानुले ६–४ र ६–३ को सेटमा पराजित गरिन्।

आपोन एरामा छनौट चरणबाट आएर ग्राण्डस्लाम जित्ने राडुकानु पहिलो खेलाडी हुन्। राडुकानु सन् २००४ यता ग्राण्डस्लाम जित्ने सबैभन्दा कम उमेरकी खेलाडी पनि बनेकी छन्।

न् २००४ मा मारिया सारापोभाले विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन्। राडुकानुले उपाधिसँगै १८ लाख पाउण्ड पुरस्कार पाएकी छन्। राडुकानु सोमबार विश्व वरीयताको २३ औँ स्थानमा उक्लिनेछिन् भने उनी बेलायतको पहिलो वरीयतामा आउनेछिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।