तस्बीरः एजेन्सी
रामेलु लुकाकुको २ गोलको सहयोगमा इङ्लिस प्रिमियर लिगमा चेल्सीले महत्वपूर्ण जित निकालेको छ। प्रिमियर लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले एस्टनभिल्लालाई ३–० ले पराजित गरेको हो।
चेल्सीका लागि लुकाकुले २ गोल गरे । लुकाकुले १५ औँ र इन्जुरी समयको ९३ औँ मिनेटमा गोल गरे। यस्तै, चेल्सीका लागि माटेओ कोभाकिकले ४९ औँ मिनेटमा १ गोल थपे।
जितपछि ४ खेलबाट १० अंकसहित चेल्सी दोस्रो स्थानमा छ। शनिबार राति नै भएको खेलमा लेस्टर सिटीलाई १–० ले पराजित गरेको म्यानचेस्टर सिटी ९ अंकसहित तेस्रो स्थानमा छ।
ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको ब्राइटन पनि समान ९ अंकसहित चौथो स्थानमा छ।
अन्य खेलमा क्रिष्टल प्यालेसले टोटनह्यामलाई ३–०, आर्सनलले नर्विचलाई १–० तथा वुल्भ्सले वाट्फोर्डलाई २–० ले पराजित गरेकोा छ। साउथह्याम्पटन र वेष्ट ह्यामले भने गोलरहित बराबरी खेलेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







