सिरी ए फुटबलः युभेन्ट्स पराजित


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पुनः एक पटक स्तब्ध बनेको छ।

शनिबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोल अन्तरले हारेको हो।

नापोलीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो ।

खेलको दशौँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५७ औं मिनेटमा माटियो पोलीटानोले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा फर्काए।

त्यसपछि, खेलको ८५ औं मिनेटमा कालिडोउ कोउलीबलीले गोल गर्दै नापोलीलाई २–१ को जित दिलाए। जितसँगै नापोलीले ३ खेलबाट अपराजित रहदै ९ अंक जोडेको छ। नापोली अंक तालिकाको शीर्ष स्थानमा छ। युभेन्ट्स १ अंक जोडेर १६ औं स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।